सौर्यमण्डल : 

  • सुर्यबाट नजिकको तारा सेन्ताउरी हो । 
  • सुर्यको वजन सौर्य परिवारका सबै पिण्डहरुको कूल योगभन्दा ७४० गुणा बढी छ । 
  • ब्रह्माण्डको उत्पति र सञ्चालन विधिबारे अध्ययन गर्ने शास्त्रलाई सृष्टिशास्त्र भनिन्छ । 
  • हाल ग्रहहरु ८ वटा रहेका छन् । (बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण र बरुण) सन् २००६ सेप्टेम्बर १ मा यम ग्रहलाई औपचारिक रुपमा हटाइएको हो । यो ग्रहलाई फुच्चेग्रहको संज्ञा दिई हटाइएको हो । यसको व्यास २३७० किलोमिटर रहेको छ । 
  • उपग्रह १७४ वटा रहेका छन् । 
  • सौर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह गेनीमिड (बृहस्पति ग्रहको) हो भने सबैभन्दा सानो उपग्रह लिडा (बृहस्पति ग्रहको) हो । 
  • लिडा उपग्रहको व्यास १० किलोमिटर रहेको छ । ग्रिसका चाल्र्स टी कोवालले यसलाई सन् १९४७ सेप्टेम्बर १४ मा पत्ता लगाएका हुन् । 
  • सौर्यप्रणाली पत्ता लगाउने व्यक्ति पोल्याण्डका निकोलस कपर्निकस हुन् । उनले यो प्रणाली सन् १५४३ मा पत्ता लगाएका हुन् । 
  • सुर्यमा भएका ग्यासका मुस्लाहरु (सौर्यबतास) ४ लाख किलोमिटर माथिसम्म उठ्ने गर्दछ । 
  • सुर्यको प्रकाश पृथ्वीमा आइपुग्न ८ मिनेट २० सेकेण्ड लाग्दछ । 
  • सुर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न २५ दिन ५ घण्टा लाग्दछ । 
  • सुर्य पृथ्वीबाट १४ करोड ८८ लाख किलोमिटर (९ करोड ३० लाख माइल) टाढा रहेको छ । 
  • सुर्यको सतहको मध्यभागमा देखिने धब्बालाई Umbra र चम्किलो घेरालाई Penumbra भनिन्छ । 
  • सुर्यको व्यास १३, ४८, ४४६ किलोमिटर रहेको छ ।
  • सुर्यले आकाशगंगाको परिक्रमा गर्दछ र यसले परिक्रमा गर्ने कक्षलाई तारापुुुञ्जीय केन्द्र (ग्यालिष्टिक सेन्टर) भनिन्छ । यो केन्द्र सूर्यबाट ३०,००० प्रकाश बर्ष टाढा रहेको छ भने सुर्यले यस सेन्टरको परिक्रमा गर्न २५ करोड बर्ष लगाउदछ । 
  • सुर्यको आकर्षण शक्ति पृथ्वीभन्दा २८ गुणा बढी भएको अनुमान गरिन्छ । 
  • सूर्यको वजन पृथ्वीको भन्दा ३ लाख ३३ हजार गुणा बढी रहेको छ । 
  • सुर्य सम्बन्धि अध्ययन गर्ने शास्त्रलाई Helioseismology भनिन्छ ।

soryamandal, सौर्यमण्डल
Solar System