बुध / Mercury :
बुध,Mercury,budha
बुध / Mercury

  • सबैभन्दा सानो र सूर्यबाट सबैभन्दा नजिकमा भएको ग्रह । यसलाई बिहानको तारा पनि भनिन्छ ।
  • यो सुर्यबाट ५ करोड ७६ लाख किलोमिटर टाढा रहेको छ । 
  • यसको व्यास ४,८४७ किलोमिटर रहेको छ । यसलाई सुर्यको परिक्रमा गर्न ८८ दिन लाग्दछ । 
  • सबैभन्दा छोटो बर्ष भएको ग्रह बुध हो । 
  • यसलाई आफ्नो अक्षमा परिक्रमा गर्न ५९ दिन लाग्दछ । 
  • सुर्यको परिभ्रमण गति ४८ कि.मि. प्रति सेकेण्ड रहेको छ । 
  • यसको कनै उपग्रह रहेको छैन भने यसमा वायुमण्डल समेत छैन ।


शुक्र / Venus :
शुक्र,Venus,shukra
शुक्र / Venus

  • क्षेत्रफलको हिसाबले छैठौ ठुलो ग्रह हो र दुरीको हिसाबले सुर्यबाट दोस्रो स्थानमा रहेको ग्रह । 
  • यो ग्रह पृथ्वीबाट सबैभन्दा नजिकमा रहेको ग्रह हो ।
  • यो सुर्यबाट १० करोड ७५ लाख किलोमिटर टाढा रहेको छ । यसको व्यास १२,३२० किलोमिटर छ । 
  • आफ्नो अक्षमा घुम्न २४३.०२ दिन र सूर्यको परिक्रमा गर्न २२४.७० दिन लाग्दछ । 
  • बर्षभन्दा दिन लामो हुने ग्रह नै शुक्र हो । यो ग्रहमा २४३.२ दिनको १ दिन हुन्छ ।
  • यसको परिभ्रमण गति प्रति सेकेड ३५ किलोमिटर रहेको छ । 
  • यस ग्रहलाई सन्धयाको तारा, पृथ्वीको बहिनी, पृथ्वीको जुम्लाहा ग्रह, रहस्यमय ग्रह, Goddess of Love and Beauty , तातो र चम्किलो ग्रह समेत भनी चिनिन्छ । 



पृथ्वी / Earth :

पृथ्वी, Earth, prithibi
पृथ्वी / Earth


  • क्षेत्रफलको हिसाबले पाँचौ ठुलो ग्रह हो र दुरीको हिसाबले सुर्यबाट तेस्रो स्थानमा रहेको ग्रह । 
  • यो सुर्यबाट १४ करोड ८८ लाख किलोमिटर (९ करोड ३० लाख माइल) टाढा रहेका छ । यसको क्षेफल ५१ करोड वर्ग किलोमिटर (१९ करोड ७० लाख वर्ग माइल) रहेको छ । 
  • पृथ्वीको भुमध्यरेखीय व्यास १२,७५६ किलोमिटर र धु्रवीय व्यास १२,७१४ किलोमिटर रहेको छ । 
  • यसको औषत व्यास १२,७३५ किलोमिटर रहेको छ । 
  • पृथ्वीलाई सुर्यको वरिपरि परिक्रमा गर्न ३६५ दिन, ५ घण्टा, ४८ मिनेट, ४६ सेकेण्ड लाग्दछ । 
  • सुर्यको वरिपरि पृथ्वीको परिभ्रमण गति ३० किलोमिटर प्रतिसेकेण्ड रहेको छ । पृथ्वीले १६०० किलोमिटर प्रतिघण्टाको दरले आफ्नो अक्षमा घुम्दछ ।
  • एक मात्र प्राणी आवास गृह रेको ग्रह । पृथ्वीको एक मात्र उपग्रह चन्द्रमा हो । 
  • पृथ्वीबाट चन्द्रमा ३,८४,४०० किलोमिटर टाढा रहेको छ ।
  • सुर्यको प्रकाश पृथ्वीमा आइपुग्न ८ मिनेट २० सेकेण्ड लाग्दछ । चन्द्रमाबाट पृथ्वीमा प्रकाश आइपुग्न १ मिनेट ३ सेकेण्ड लाग्दछ । 
  • चन्द्रमाको व्यास ३,४५९ किलोमिटर रहेको छ । 
  • चन्द्रमाले पृथ्वीको एक पटक परिक्रमा गर्न २७ दिन ८ घण्टा लगाउछ ।
  • पृथ्वीलाई आफ्नो अक्षमा घुम्न २३ घण्टा, ५६ मिनेट, ४ सेकेण्ड लाग्दछ । 
  • निलो ग्रह



मंगल / Mars :

मंगल, Mars, mangal
मंगल / Mars


  • क्षेत्रफलको हिसाबले सातौँ ठुलो ग्रह हो र दुरीको हिसाबले सुर्यबाट चौथा स्थानमा रहेको ग्रह । 
  • यो सुर्यबाट २२ करोड ६४ लाख किलोमिटर टाढा रहेको छ ।
  • मंगल ग्रह लाई सुर्यको परिक्रमा गर्न ६८७ दिन लाग्दछ । यसले आफ्नो अक्षमा एक पटक चक्कर लगाउन २४ घण्टा, ३७ मिनेट, २२ सेकेण्ड लगाउँछ । 
  • यसको परिभ्रमण गति २४ किलोमिटर प्रति सेकेण्ड रहेको छ । यसको व्यास ६,७६१ किलोमिटर रहेको छ । 
  • यसको फावोस र डिमोस गरी २ उपग्रहहरु रहेका छन् । 
  • यो ग्रहमा नासाले पठाएको क्युरोसिटी मास रोवर अगस्ट ६,  २०१२ मा र नासाले नै पठाएको माभेन नामक यान २०१४ को सेटेम्बर २२ र भारतले पठाएको मंगलयान २०१४ को सेटेम्बर २४ मा अवतरण गरेको थियो । 
  • वर्तमान अवस्थामा सबैभन्दा धेरै अनुसन्धान तथा खोज भएको ग्रह नै मंगल ग्रह हो । रातो ग्रह


बृहस्पति / Jupiter :

बृहस्पति, Jupiter, brihaspati
बृहस्पति / Jupiter 


  • सबैभन्दा ठुलो ग्रह, बृहस्पतिलाई ग्रहहरुको राजा पनि भनिन्छ । 
  • सुर्यबाट पाँचौ स्थानमा रहेको ग्रह हो । यो सुर्यबाट ७७ करोड ८० लाख किलोमिटर टाढा रहेको छ । 
  • यसलाई सुर्यको वरिपरि परिक्रमा गर्न ११ बर्ष, १० महिना लाग्दछ । यसले आफ्नो अक्षमा १ चक्कर लगाउन ९ घण्टा, ५५ मिनेट, ३० सेकेण्ड लगाउँछ । 
  • ग्रहहरुमध्ये सबैभन्दा छोटो दिन भएको ग्रह बृहस्पति हो ।
  • यसको परिभ्रमण गति १३ किलोमिटर प्रतिसेकेण्ड रहेको छ । व्यास १,४२,६८७ किलोमिटर रहेको छ । 
  • यसको उपग्रह ६७ वटा रहेका छन् । सबैभन्दा ठुलो उपग्रह गेनिमेड हो । 

शनि / Saturn :

शनि, Saturn, shani
शनि / Saturn


  • क्षेत्रफलको हिसाबले दोस्रो ठुलो ग्रह हो र दुरीको हिसाबले सुर्यबाट छैठौ स्थानमा रहेको ग्रह । 
  • यो सुर्यबाट १ अर्ब ४१ करोड ७८ लाख किलोमिटर टाढा रहेको छ । 
  • यसलाई सुर्यको वरिपरि एकपटक परिक्रमा गर्न करिब २९ बर्ष ६ महिना लाग्दछ । यसको परिभ्रमण गति १० किलोमिटर प्रति सेकेण्ड रहेको छ । 
  • यसले आफ्नो अक्षमा परिक्रमा गर्न १० घण्टा ३० मिनेट लगाउँछ । 
  • यसको व्यास १,१४,२३९ किलोमिटर रहेको छ । यसका ६३ वटा उपग्रह रहेका छन् । 
  • उपग्रहहरुमध्ये सबैभन्दा ठुलो उपग्रह टाइटन हो भने सबैभन्दा सानो उपग्रह फोबे हो । 
  • पहेँलो ग्रह 

अरुण / Uranus :

अरुण, Uranus, aruN
अरुण / Uranus


  • क्षेत्रफलको हिसाबले तेस्रो ठुलो ग्रह हो र दुरीको हिसाबले सुर्यबाट सातौँ स्थानमा रहेको ग्रह । 
  • यो सुर्यबाट २ अर्ब ८५ करोड २८ लाख किलोमिटर टाढा रहेको छ ।
  • यसलाई सुर्यको वरिपरि एकपटक परिक्रमा गर्न  ८४ बर्ष लाग्दछ । यसको परिभ्रमण गति ६.४ किलोमिटर प्रति सेकेण्ड रहेको छ । 
  • यसले आफ्नो अक्षमा परिक्रमा गर्न १७ घण्टा, १४ मिनेट, २४ सेकेण्ड लगाउँछ । 
  • यसको व्यास ५४,८२० किलोमिटर रहेको छ । यसका २७ वटा उपग्रहहरु रहेको छन् ।
  • यो ग्रह सन् १७८१ मा सर विलियम हरगनले पत्ता लगाएका हुन् । यो ग्रहमा सुर्य पश्चिम बाट उदाउँछ ।
  • हरियो ग्रह, असफल ग्रह 

बरुण / Neptune :

बरुण, Neptune, baruN
बरुण / Neptune


  • क्षेत्रफलको हिसाबले चौथो ठुलो ग्रह हो र दुरीको हिसाबले सुर्यबाट आठौँ स्थानमा रहेको ग्रह । 
  • यो सुर्यबाट ४ अर्ब ४६ करोड ८८ लाख किलोमिटर टाढा रहेको छ ।
  • यसलाई सुर्यको वरिपरि एकपटक परिक्रमा गर्न १६५ बर्ष लाग्दछ । यसको परिभ्रमण गति ५.६ किलोमिटर प्रति सेकेण्ड रहेको छ । 
  • यसले आफ्नो अक्षमा परिक्रमा गर्न १६ घण्टा, ६ मिनेट, ३६ सेकेण्ड लगाउँछ । 
  • यसको व्यास ४९,७४८ किलोमिटर रहेको छ । यसका १४ वटा उपग्रहहरु रहेको छन् ।
  • यो ग्रह सन् १८४६ मा जर्मनीका जोहन गाले पत्ता लगाएका हुन् । 
  • यसको रंङ हल्का पहेँलो छ ।