पृथ्वी / Earth :
पृथ्वीको बनोट / Eath's Formation :
पृथ्वी / Earth |
- क्षेत्रफलको हिसाबले पाँचौ ठुलो ग्रह हो र दुरीको हिसाबले सुर्यबाट तेस्रो स्थानमा रहेको ग्रह ।
- यो सुर्यबाट १४ करोड ८८ लाख किलोमिटर (९ करोड ३० लाख माइल) टाढा रहेका छ । यसको क्षेफल ५१ करोड वर्ग किलोमिटर (१९ करोड ७० लाख वर्ग माइल) रहेको छ ।
- पृथ्वीको भुमध्यरेखीय व्यास १२,७५६ किलोमिटर र धु्रवीय व्यास १२,७१४ किलोमिटर रहेको छ ।
- यसको औषत व्यास १२,७३५ किलोमिटर रहेको छ ।
- पृथ्वीलाई सुर्यको वरिपरि परिक्रमा गर्न ३६५ दिन, ५ घण्टा, ४८ मिनेट, ४६ सेकेण्ड लाग्दछ ।
- सुर्यको वरिपरि पृथ्वीको परिभ्रमण गति ३० किलोमिटर प्रतिसेकेण्ड रहेको छ । पृथ्वीले १६०० किलोमिटर प्रतिघण्टाको दरले आफ्नो अक्षमा घुम्दछ ।
- एक मात्र प्राणी आवास गृह रेको ग्रह । पृथ्वीको एक मात्र उपग्रह चन्द्रमा हो ।
- पृथ्वीबाट चन्द्रमा ३,८४,४०० किलोमिटर टाढा रहेको छ ।
- सुर्यको प्रकाश पृथ्वीमा आइपुग्न ८ मिनेट २० सेकेण्ड लाग्दछ । चन्द्रमाबाट पृथ्वीमा प्रकाश आइपुग्न १ मिनेट ३ सेकेण्ड लाग्दछ ।
- चन्द्रमाको व्यास ३,४५९ किलोमिटर रहेको छ ।
- चन्द्रमाले पृथ्वीको एक पटक परिक्रमा गर्न २७ दिन ८ घण्टा लगाउछ ।
- पृथ्वीलाई आफ्नो अक्षमा घुम्न २३ घण्टा, ५६ मिनेट, ४ सेकेण्ड लाग्दछ ।
- निलो ग्रह
पृथ्वीको बनोट / Eath's Formation :
पृथ्वीको बनोट / Eath's Formation |
- पृथ्वीको उत्पत्ति आजभन्दा साढे चार अर्ब बर्ष पहिले भएको अनुमान गरिएको छ । यसको समग्र आयु भने १२ अर्ब बर्ष रहेको मानिन्छ । यसको आयु अझै ७.५ अर्ब बर्ष बाँकी रहेको छ ।
- यसको भुमध्यरेखीय व्यास १२,७५६ किलोमिटर रहेको छ भने धु्रबीय व्यास १२,७१४ किलोमिटर रहेकोले भुमध्यरेखीय व्यास धु्रबीय व्यासभन्दा ४२ किलोमिटर बढी रहेको छ ।
- पृथ्वीको सतहमा ९६० किलोमिटर माथिसम्म वायुमण्डल फैलिएको छ ।
- वायुमण्डलको सबैभन्दा गह्रौँ ग्याँस कार्बनडाअक्साइड हो, सबैभन्दा हलुका ग्यास हाइड्रोजन हो ।
- पृथ्वीमा सबैभन्दा बढी पाइने धातु आल्मुनियम हो ।
- पृथ्वीको दक्षिणी गोलाद्र्धलाई जल गोलाद्र्ध धनिन्छ ।
- पृथ्वीको आन्तरिक बनौटलाई ३ भागमा विभाजन गर्न सकिन्छ । ती हुन् स्थलमण्डल, मध्यमण्डल र केन्द्रमण्डल ।
- बाह्यतह (स्थलमण्डल) मा सिलिका (Silica) र आल्मोनियम (Almunium) को प्रधानता हुने हँदा यसलाई SIAL तह पनि भनिन्छ । यसको भित्री तहमा बेसाल्ट धातु समेत रहेको हुन्छ ।
- बाह्य तहको मोटाई महाद्धीपीय भागमा ६० किलोमिटर र महासागरीय भागमा २० किलोमिटर देखि ० किलोमिटर सम्म रहन्छ ।
- यसको औषत घनत्व २.७५ ग्रामदेखि २.९ ग्राम प्रति घन सेन्टिमिटर रहेको छ । यसले पृथ्वीको १६ प्रतिशत भाग ओगट्दछ ।
- स्थलमण्डल (बाह्य तह) देखि मुनि र केन्द्रमण्डलबाट माथिको पृथ्वीको बीचको भागलाई मध्यमण्डल भनिन्छ । यसको मोटाई ६० किलोमिटर देखि २९०० किलोमिटर सम्म रहेको छ । यसको भागमा Silica र Magnesium धातुको प्रधानता भएको हुँदा यसलाई SIMA तहको नामले चिनिन्छ । यसले पृथ्वीको ६८ प्रतिशत भाग ओगट्छ ।
- यसको तहको घनत्व औषतमा ३.१ देखि ५.० ग्राम प्रति घन सेन्टिमिटर रहेको छ ।
- पृथ्वीको सबैभन्दा भित्री भागलाई केन्द्रमण्डल भनिन्छ । यस तहमा Nickel र Ferium को प्रधानता हुने हुँदा यसलाई NIFE नामले समेत चिनिन्छ ।
- यसको मोटाई २९०० किलोमिटर देखि ६३७१ किलोमिटर सम्म रहेको छ ।
- यस तहको घनत्व ५.१ देखि ११ ग्राम प्रति घन सेन्टिमिटर सम्म रहेकोे छ । यसले पृथ्वीको १६ प्रतिशत भाग ओगट्दछ ।