म्याग्नाकार्टा :
John Lackland / जोन द्धितीय |
- म्याग्नाकार्टा Latin भाषाबाट लिइएको शब्द हो, जसको अर्थ महाअधिकारपत्र भन्ने हुन्छ । यो चराको प्वाखको प्रयोग गरी चर्मपत्रमा लेखिएको थियो ।
- यसमा तत्कालिन राजा जोन द्धितीय (Jhon Lackland) ले १५ जुन १२१५ मा म्याग्नाकार्टाको दस्तावेजमा हस्ताक्षर गरेका थिए । यसलाई ‘जनताको विजय’ भनियो । हस्ताक्षर भएको ठाउँ रन्नीमेड हो जुन लण्डनदेखि दक्षिण–पश्चिम तर्फ १९ माइल टाढा पर्दछ ।
- व्यारोन पादरीहरुले म्याग्नाकार्टाको मस्यौदा पारेका थिए । म्याग्नाकार्टा लेख्ने व्यक्ति Archbishop Stephen Langton थिए । यसको मस्यौदा सन् १२१३ मै तयार गरिएको थियो ।
- यसलाई बेलायतको संबैधानिक इतिहासमा स्वतन्त्रताको बडापत्र भनिन्छ । यसलाई विश्वमा मानवअधिकारको प्रथम दस्तावेज पनि भनिन्छ ।
- म्याग्नाकार्टामा ६३ धारा रहेका छन् । जसमा ३७ वटा कानुन सङ्ग्रहीत छन् ।
- म्याग्नाकार्टामा राखिएका शर्तहरु राजाले केही समयसम्म स्वीकार गरे तापनि पुनः शक्तिसञ्चय गरी यसको पालना गरेनन् । यो कदमप्रति असन्तुष्ट व्यारोन्सले राजालाई गद्दीबाट हटाई फ्रान्सका Luis VII लाई राजा बनाए ।
- १९ अक्टोवर १२१६ मा जोन द्धितीयको मृत्युछि Luis VII लाई पनि गद्दीच्युत गरी जोन द्धितीयकै छोरा हेनरी तृतीय लाई राजा बनाइयो ।
- १२१६, १२१७ र १२२५ मा राजा हेनरी तृतीयले म्याग्नाकार्टालाई तीन–तीन पटक संशोधन गरी पुर्णता प्रदान गरेका थिए । ११ फेब्रुअरी १२२५ को म्यानाकार्टालाई फाइनल म्याग्नाकार्टा भनिन्छ ।
- १६८९ मा अन्य अधिकारका साथै उपरोक्त अधिकारलाई नागरिक अधिकारपत्र (British Bill of Rights, 1689) मा समावेश गरियो ।
- म्याग्नाकार्टाको धारा १ मा चर्चको स्वायत्ततासम्बन्धी, धारा २८, ३०, र ३१ मा वैयक्तिक सम्पत्तिको प्रत्याभुतिको वर्णन, धारा ३८, ३९ र ४० मा व्यक्तिगत स्वतन्त्रता र अधिकारको वर्णन गरिएको छ ।
- धारा ३९ मा कानुनको उचित प्रक्रियाको सिद्धान्तलाई स्थापित गरिएको पाइन्छ अर्थात प्रत्येक व्यक्तिलाई कानुन अनुसार नै दण्ड दिइनेछ भन्ने कुरा उल्लेख छ ।
- धारा ४० मा हामी (राजा) ले कसैलाई पनि अधिकार र न्याय बेच्ने छैनौँ, न्याय प्रदान गर्ने काममा पनि ढिलाई गर्ने छैनौ र न्याय दिन इन्कार पनि गर्ने छैनौँ भन्ने कुरा उल्लेख छ ।
- धारा ५४ मा राजाले कानुन जान्नु र मान्नु पर्दछ भनिएको पाइन्छ ।
- म्याग्नाकार्टाको परिमाणस्वरुप प्रचलनमा आएको पहिलो असाधारण क्षेत्राधिकार (रिट) बन्दीप्रत्यक्षीकरण ऐनको पुर्वाधार मानिन्छ । यो म्याग्नाकार्टाको ३९ औं बुँदासँग सम्बन्धित छ । म्याग्नाकार्टालाई बेलायतको बन्दीप्रन्यक्षिकरण ऐनको पुर्वाधार मानिन्छ ।
- म्याग्नाकार्टाका चारवटा मूलप्रति हालपनि सुरक्षित रहेका छन् । दुई वटा लण्डनस्थित ब्रिटिश लाइब्रेरीमा, एउटा क्बष्किदगचथ Salisbury Cathedral र अर्काे Lincoln Cathedral मा रहेका छन् ।
Magna Carta at British Library |
0 Comments
Post a Comment