1.  गौरवमय क्रान्ति / Glorious revolution :

गौरवमय क्रान्ति, Glorious revolution
गौरवमय क्रान्ति / Glorious revolution

  • बेलायतमा स्टुअर्ट वंशका राजाहरुले दैवी अधिकारको सिद्धान्तको आधारमा निरंकुश शासन चलाएका थिए । राज्य शक्तिलाई आफ्नो हातमा लिन राजा र संसदबीच लामो समयदेखि संंघर्ष चल्दै आएको थियो । यही संघर्षको क्रममा सन् १६८८ मा राजा जेम्स द्धितीय देश छोडेर फ्रान्स भागे त्यसपछि जेम्स द्धितीयकी छोरी र ज्वाई विलियम अफ ओरेन्जलाई हल्याण्डबाट बोलाई संयुक्तरुपमा बेलायतको राजा बनाइयो, यही घटनालाई गौरवमय क्रान्ति भनिन्छ । 
  • यो क्रान्तिमा एक थोपा रगत पनि नबगी शान्तिपूर्ण रुपमै बेलायतकोे राजगद्दी वंशपरम्परामा परिवर्तन आयो, त्यसैले यस क्रान्तिलाई रक्तहिन क्रान्ति पनि भनिन्छ ।
  • १६ डिसेम्बर १६८९ मा मेरी र विलियम अफ ओरेन्जले बील अफ राइट्स (अधिकारपत्र) मा हस्ताक्षर गरेसँगै बेलायतमा संबैधानिक राजतन्त्रको स्थापना हुन पुग्यो ।

कारणहरु :


  • दैवी अधिकारको विषयमा राजा र संसदबीच मतभेद,
  • जेम्स द्धितीयको अदुरदर्शिता र कठोर दमन नीति,
  • संसदको निर्वाचनमा राजाको हस्तक्षप,
  • बेलायतका राजाको फ्रान्ससँगको मित्रता,
  • क्याथोलिकहरुप्रति राजाको सहानुभुति,
  • जेम्स द्धितीयको छोरा जमिन्नु।

परिमाणहरु :

  • संबैधानिक राजतन्त्रको स्थापना, 
  • संसदको सर्वाेच्चता स्थापित,
  • वैदेशिक सम्बन्धमा परिवर्तन ।

बील अफ राइट्समा उल्लेख गरिएका मुख्य कुराहरु :


  • संसदको स्वीकृतवीना राजाको नियम कानुन भङ्ग वा स्थगित गर्न नपाउने,
  • राजाले संसदको निर्वाचनमा हस्तक्षप गर्न नपाउने, सांसदलाई अभिव्यक्तिको स्वतन्त्रता रहने,
  • संसदको स्वीकृतिवीना राजाले कर उठाउन र स्थायी सेना राख्न नपाउने,
  • बेलायतको राजसिंहासनमा प्रोटेस्टेण्ट धर्ममान्ने राजारानी मात्र बस्न पाउने ।


2. पुनर्जागरण / Renaissance :




पुनर्जागरण, Renaissance
पुनर्जागरण / Renaissance


  • मध्यकालीन युरोपमा इसाई धर्मगुररु र चर्चको बोलवाला थियो । धर्मगुुरुहरुको विचार र बाइबलको अन्धधुन्द अनुकरण हुन थाल्यो धार्मिक अन्धविश्वास बढ्दै गयो । 
  • विभिन्न कारणले मानिसहरुले धार्मिक अन्धविश्वासलाई अस्विकार गर्न थाले । प्राचिन युनान र रोमन सभ्यता, संस्कृति र चिन्तनको जगमा नयाँ सभ्यता संस्कृति र चिन्तनको परिपाटीको विकास हुन थाल्यो ।
  • धार्मिक अन्धविश्वासको सट्टा मानवताले प्रश्रय पायो, यहि घटनालाई पुनर्जागरण भनिन्छ । 
  • पुनर्जागरणको अर्थ ‘फेरी बिउँझिनु’ वा ‘फेरी जाग्नु’ भन्ने हुन्छ । यसको शुरुवात इटलीबाट भएको थियो । 
  • तह्रौदेखि सोह्रौ शताव्दीसम्म भएको थियो । विश्वको इतिहासमा पुनर्जागरण पछिको समयलार्य आधुनिक कालको रुपमा लिइन्छ ।

कारण :

  • धर्मयुद्धको प्रभाव : सन् १०७६ मा मुश्लीम तुर्कहरुले क्रिश्चियनहरुको पवित्र शहर जेरुसेलममा आक्रमण गरी अधिकार जमाएपछि मुसलमान र क्रिश्चियबीच झण्डै दुई सयबर्ष धर्मयुद्ध भयो । यसबाट क्रिश्चियनहरु मुस्लिम सभ्यतासँग नजिकिए गणित, कागज, बारुद पाउनुको साथै भौगोलिक खोजको लागि निस्कने क्रम शुरु भयो । 
  • व्यापारिक उन्नती : धर्मयुद्धको क्रममै युरोपीयन व्यापारीहरुले अरबका मुसलमान व्यापारीका साथै चीन र भारतसँग पनि व्यापारिक सम्पर्कमा आउन थाले । 
  • कागज र छापाखानाको विकास : कागज र छापाखानाको विकास चीनबाट भएको र अरबबासीहरुले चीनबाट यो ज्ञान पाएको युरोपीयनहरुले व्यापारको सिलसिलामा अरबीहरुबाट सिके । 
  • मङ्गोल सामाज्य : चीनका शासक कुब्ला खाँ ले एसिया, अफ्रिका र युरोपलाई एक सुत्रमा बाध्ने प्रयास तेह्रौ शताब्दीमै गरेका थिए । यसले मानिसहरुमा सम्पर्क, छलफल बढ्दै गयो र नयाँ जागरण पैदा भयो । 
  • भौगोलिक खोज : भौगोलिक खोजको शिलशिलामा कोलम्बसले अमेरिका, भास्कोडिगामाले भारत पत्ता लगाए । 
  • कन्स्ट्यान्टिनोपुलमाथि तुर्कहरुको अधिकार : सन् १४५३ मा तुर्कहरुले रोम साम्राज्यको राजधानी कन्स्ट्यान्टिनापुल (जुन प्राचीन युनानी दर्शन, कला र साहित्यको केन्द्र थियो) मा आक्रमण गरेपछि त्यहाका विद्धान एवं कलाकारहरु इटाली, फ्रान्स, बेलायतमा आश्रय लिन पुगे उनीहरुसँगै युनानी ज्ञान, विज्ञान र साहित्य युरोपभरी फैलियो । 
  • प्राचिन साहित्यको अनुसन्धान : प्राचिन रोम, युनानी साहित्यको अनुसन्धानले अरस्तु, प्लेटो आदिको सिद्धान्त एवं विचारहरुको प्रचार प्रसार भयो । यसले बौद्धिक जागरण ल्याउनुको साथै मानवताबादले व्यापकता पायो । 
  • तर्क र प्रयोगको अवधारणा : कुनै पनि धार्मिक सिद्धान्तलाई ईश्वरले श्रृष्टि गरेका हुन् भन्दैमा स्वीकार गर्न सकिदैन, बुद्धि र तर्कको आधारमा मात्र सिद्धान्तहरुलाई स्वीकार र अस्विकार गर्न पर्दछ भनी पिटर अवेलार्ड ले तर्क गर्ने र प्रयोग गरेरमात्र विश्वास गर्ने जनधारणाको जग बसाले जसले गर्दा चेतनाको विकास भयो । 

उपलब्धी :

  • साहित्यतर्फ : 

  1. इटलीको साहित्यमा पुनजार्गरण ल्याउने प्रमुख व्यक्तिहरु दाँते, पेट्राक र बोक्कासियो थिए । 
  2.  इटलीका महाकवी दाँतेले Divine Comedy  नामक महाकाव्य लेखे । 
  3. फ्रान्सिस्को पेट्राकका चेला गोइभानी बोक्कासीयोले Decameron ग्रन्थ लेखे । 
  4. जेफरी चाउसरले The Canterbury Tales  लेखे ।

  • राजनीतितर्फ :

  1. निकोलो मेकियावेलीले The Prince  नामक ग्रन्थ लेखे । 
  2. थोमस मोर (Thomas More)  ले Utopia नामक ग्रन्थ लेखे । 

  • कलातर्फ :

  • चित्रकला :
  1. लियोनार्दाे दा भिन्चीको Monalisa, The Last Supper र The Virgin of The  Rockes  प्रख्यात रहे । Monalisa कोमल रहस्यमय मुस्कानको लागि प्रसिद्ध छ । माइकल एन्जेलोको The Last Judgement बहुचर्चित चित्र रहयो । त्यस्तै राफेलको Sistine Madonna विश्वप्रसिद्ध चित्र मानिन्छ ।
  •  मुर्तिकला :
  1. Lorenzo Gheberti को फ्लोरेन्सको गिर्जाघरको पित्तलको ढोका र माइकल एन्जेलोको डेभिडको मुर्ति,  पोप जोन द्धितीयको चिहानमा बनाइएको मोसेज आदि प्रख्यात मानिन्छन् ।
  • वास्तुकला : 
  1. यसकालमा प्रख्यात कलाकार माइकल एन्जोलो र फिलिपो  ब्रुनेलेस्की  हुन् । रोमस्थित सेन्ट पिटरको गिर्जाघर पुनजार्गरणको उत्कृष्ट नमुना मानिन्छ । “चित्त मष्तिष्कबाट बनाइन्छ, हातबाट होक्ष्न भन्ने” भनाई माइकल एन्जेलो को हो । 

  • विज्ञानतर्फ :
  1. पृथ्वी ब्रह्माण्डको केन्द्रविन्दु भएको र सुर्य एवं ग्रहहरु पृथ्वीको परिक्रमा गर्दछन् भन्ने भनाईको  खण्डन गरेवापत इटालीका वैज्ञानिक Gihardino Bruno  ज्यूदै जलाइए ।Nicholas Copernicus  ले पृथ्वीले सुर्यको परिक्रमा गर्दछ भन्ने कुरालाई सिद्धान्तत : प्रतिपादन गरे ।
  2. John Kepler ले गणितको माध्यमबाट कोपरनिक्सको सिद्धान्त ठिक छ भनी प्रमाणित गरे ।
  3. ग्यालीलियोले दुरबीनको आविष्कार गरे । वायुको तापमाक यन्त्र (Air Thermometer) र ज्योतिष घडीको आविष्कार गरे भने पेन्डुलमको नियम पनि पत्ता लगाए ।
  4. Isaac Newton ले गुरुत्वआकर्षण शक्तिको सिद्धान्त प्रतिपादन गरे । 
  5. William Gilbert ले चुम्बकीय शक्ति पत्ता लगाए।

  • पुनर्जागरणको परिणाम :

  1. प्राचिन ज्ञानको आधारमा आधुनिक युगको उदय,
  2. तर्क र प्रयोगको परम्पराको विकास
  3.  भौतिकवाद र मानव प्रतिष्ठाको पुर्नस्थापना, 
  4. युरोपको व्यापारमा प्रगति,
  5. उपनिवेशवाद र साम्राज्यवादको जन्म,
  6. धर्मसुधार आन्दोलनलाई प्रोत्सहान,

  • विविध :

  1. जर्मनीका Johannes Gutenberg  ले Renaissance Period  मा सन् १४४५ मा प्रिन्टीङ्ग प्रेस को आविष्कार गरेका थिए ।
  2. पुनर्जागरका अग्रणी व्यक्ति दाँतेलाई मानिन्छ । 
  3. बीचगणित र संख्या गणित सम्बन्धी ज्ञान अरबी सभ्यताको देन हो । 
  4. धर्म सुधार आन्दोलनका प्रमुख प्रवर्तक मार्टिन लुथर किङ्ग हुन् । 
  5. Back to Nature  दर्शनका प्रर्वतक लाओत्से (चीनका) हुन् ।