The British industrial revolution / औद्योगिक क्रान्ति |
- औद्योगिक क्रान्ति अठारौँ शताब्दीको मध्येदेखि उन्नाइसौ शताब्दीको मध्येसम्म (सन् १७६० देखि १८४० सम्म) देखा परेको गतिविधी हो ।
- औद्योगिक क्रान्ति शब्दको प्रथम प्रयोग एरनोल्ड टोयनबीले सन् १८४४ मा Lectures on the Indurstial Revolution in England नामक पुस्तकमा गरेका थिए ।
औद्योगिक क्रान्तिको विकासक्रम :
१. कपडा उद्योगको विकास :
- बेलायतले सन् १७०० तिर भारत, चिन र इरानबाट आउने सुतीका कपडा आयातमा प्रतिवन्ध लगाई बेलायतमै कपडा उद्योगको व्यापक विकास गर्यो।
२. कृषि क्रान्ति :
- बेलायतमा सत्रौँ शताव्दीको अन्त्यसम्म प्रमुख पेशा कृषि थियो । Alternate Farming System प्रयोगमा थियो अर्थात् दुईबर्ष खेती गरेपछि एकबर्ष बाँझो राखिन्थ्यो । अठारौँ शताव्दीको प्रारम्भमा सा–साना टुक्रा खेतहरुलाई Farm प्रणालीमा रुपान्तरण गरी व्यवसायिम खेती गर्ने प्रचलनलाई प्रोत्साहन गरियो । ड्रिल को आविस्कार सन् १७१७ मा जेथ्रोतुल ले गरेका थिए ।
३. Flying-Shuttle को आविश्कार :
- सन् १७४३ मा John Kay ले काठको कपडा बुन्ने मेशिन Flying Shuttle को आविश्कार गरे ।
४. Spinning Jenny को आविश्कार :
Spinning jenny |
- सन् १७६७ मा James Hargraves ले Spinning Jenny (धागो कात्ने नयाँ मेशीन) को आविश्कार गरे । यसबाट एउटा चक्का घुमाउँदा आठवटा चक्का घुमी आठ गुणा बढी धागो कात्न सम्भव भयो । उनले आफ्नो श्रीमतीको सम्झनामा मेशीनको नाम क्उष्ललष्लन व्भललथ राखे ।
५. Water Frame को आविश्कार :
- सन् १७६९ मा पेशाले हजाम रहेका Richard Arkwright (आधुनिक Factory पद्धतिका पिता) ले Water Frame नामक पानीबाट चल्ने धागो कात्ने मेशीनको आविश्कार गरे । यसबाट हातेयुगबाट कारखाना युगमा प्रवेश भयो ।
६. Mule को आविश्कार :
- सन् १७७९ मा Samuel Cromptin ले पानीबाट कपडा बुन्ने मेशीनको आविश्कार गरे ।
७. Powerloom को आविश्कार :
- सन् १७८५ मा Edmond Cartwright ले Powerloom नामक जलशक्तिबाट चल्ने सक्ने कपडा बुन्ने मेशीनको गरे ।
८. Cottongin को आविश्कार :
- सन् १९९३ मा अमेरिकाका Whitney ले कपासको गेडा छुट्याई धागो कात्ने Cottongin मेशीन बनाए ।
९. फलाम र कोइलाको प्रयोग :
- अठारौँ शताब्दीमा कोइलाबाट फलाम पगाल्ने प्रविधि शुरु भई फलामको उत्पादन बढेपछि मेशिन युग व्यापक हुन गयो ।
१०. Steam Engine को आविश्कार :
- सन् १७७० मा बेलायतका James Watt ले बाफबाट चल्ने इञ्जीन बनाए । George Stephenson ले सन् १८०४ मा बाष्फ शक्तिबाट सञ्चालन हुने रेल बनाए । सन् १८०७ मा Robert Fulton ले बाष्फ इञ्जीनयुक्त डुँगा बनाए । सन् १८१५ मा हम्प्रे डेभी ले सेफ्टी ल्याम्पको आविष्कार गरे । सन् १८३७ मा Morshey ले टेलीग्राफ बनाए । सन् १८६७ मा Graham Bell ले टेलीफोनको आविष्कार गरे ।
११. यातायातका साधनहरुको व्यापकता :
- आविश्कारको क्रमसँगै रेल र पानीजहाज बनाइए, जसबाट यात्रा सहज हुनगयो । John Mc Adam पक्की सडक बनाउने प्रविधिको विकास गरे । सन् १७३१ मा James Brindly ले नहर बनाउने प्रविधिको विकास गरे ।
औद्योगिक क्रान्तिका कारण :
- भौगोलिक स्थिति ः
- कृषि क्रान्ति ः
- आविष्कारहरु ः
- बेलायतको उद्योगमैत्री नीति ः
- सुस्थिर शासन :
- श्रमको सम्मान ः
- उपनिवेशहरु :
- ज्ञानको स्थानान्तरण :
- जनसंख्या वृद्धि :
- कुशल कालिगढहरु :
- वैज्ञानिकहरुको योगदान :
- वाह्य मुलुकका घटनाहरुको प्रभाव :
- बेलायतमा बैङ्किङ्ग प्रणालीको विकास : बेलायतमा सनश १६९२ मा बैङ्क अफ इंल्याण्डको स्थापना ।
औद्योगिक क्रान्तिको प्रभाव :
- सकारात्मक प्रभावहरु :
- उत्पादन र उत्पादकत्वमा वृद्धि,
- औद्योगिक शहरहरुको विकास,
- श्रम सम्बन्ध, ट्रेड युनियन र सामुहिक सौदावाजी अभ्यासमा वुद्धि,
- प्रविधिप्रधान कार्यशैली,
- राजनीतिक सकारात्मक प्रभाव प¥यो । श्रम नेतृत्वको अभ्यासबाट ठुल्ठुला नेता जन्मिए,
- आयआर्जमा वृद्धि,
- वैदेशिक व्यापारमा वृद्धि
- समाजमा पुँजीपति र मजदुर वर्गको उदय भयो । त्यसैगरी मध्यम वर्गमा शिक्षित वर्ग वा समुदायको विकास भयो,
- पर्यटन प्रवद्र्धनका साथै सांस्कृतिक आदान–प्रदान हुन थाल्यो,
- शैक्षिक क्षेत्रको विकास हुनुका साथै जनचेतनामा वृद्धि हुन थाल्यो,
- मानिसको जीवनस्तरमा सुधार आउन थाल्यो ।
- नकारात्मक प्रभावहरु :
- परम्परागत र घरेलु उद्योगको नाश भयो । कतिपय मौलिक आफ्नै पहिचानयुक्त सिप एवं उद्यम नष्ट भयो ।
- उद्योगमा मेशिनको प्रयोगले बेरोजगारी बढ्यो । परम्परागत र घरेलु उद्योगमा काम गर्नेहरुको रोजगारी गुम्यो ।
- तीब्रशहरीकरण भयो । अव्यवस्थित ढङ्गले वस्तीहरुको विकास हुन गयो । जन्मदर घट्न सकेन । स्वास्थ्य संस्थाको विकासले मृत्युदर घट्यो । बसाइँ सराई बढ्यो । जनसंख्या वृद्धि उच्च रह्यो ।
0 Comments
Post a Comment